Dec 30, 2010

प्राण झै प्यारो नेपाल

सगरमाथा शिर हो हाम्रो, झुक्दैन कहिल्यै पनि,
बुद्धको वचन सिद्धान्त राम्रो, मान्दछौ जहिल्यै पनि ।
तराईका फाट-सुनौला खेत, पहाड र सुन्दर हिमाल,
एउटै छ हाम्रो विश्वमा राम्रो, प्राण झै प्यारो नेपाल ॥

अभिमानी छैनौ है हामी, पुर्खाको ईज्जत गर्दछौ,
बेईमानी झन छैनौ हामी, राष्ट्रियतामा मर्दछौ ।
स्वर्ग झै सुन्दर लाग्दछन् यहाँ रारा र फेवा ताल,
मेची र काली वीचमा अटल, प्राण झै प्यारो नेपाल ॥

दु:खीको सेवा, सहयोगी पन, हाम्रो धर्म हो,
पुर्खाको सपना साकार पार्नु, हाम्रो कर्म हो ।
वाग्मती कोशी मूल भै बग्ने, हरियाली जंगल,
मेची र काली विचमा अटल, प्राण झै प्यारो नेपाल ॥


Monday, November 23, 2009
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।