Dec 30, 2010

मेरो खुसी यहि नै छ, जहाँ तिम्रो रहर छ

मेरो खुसी यहि नै छ, जहाँ तिम्रो रहर छ ।
चार नजरले कल्पिएको, शान्त सुन्दर शहर छ ॥

मिठा-मिठा बातहरू, कोमल-सुन्दर हातहरू ।
दुई धड्कनका मातहरू, बैशालु यी रातहरू ॥
माया मेरो छाती भरी, पिर टाढै झरेको छ ।
स्वपनिल ती दिनहरू, आज सामु परेको छ ॥

संगितको मिठो धुन, नशालु यी ओठ छुन ।
धैर्यताको सिमा के हो, माया मेरो धड्कन सुन ॥
अंगालोमा बाधिएर, तनमा कम्पन बल्झेको छ ।
हौसिएको यो जवानी, तिम्रो सुरमा अल्झेको छ ॥


Saturday, October 03, 2009
@ दोहा, कतार

1 comment:

  1. Possibly,This's my first visit in this link.It's nice,I liked your songs most,some of them are really soft, soothing and sensational. Keep it up!

    M.Thapa
    UK.

    ReplyDelete

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।