Dec 30, 2010

दुई मुक्तक

(१)
बर्षात पछि यो मौसम, आहा ! कति सफा छ !
मायाप्रिती यो रमझम, अन्दाज भन्दा मजा छ ॥
क्षणिक तेज मात दिने, रक्सी हैन माया यो,
मच्चाउछ सधै हलचल, यसमा जब्बर नशा छ ॥


(२)
तिमी सुन चुप-चाप, मिठो कुरा बोल्छु म,
साह्रै जाडो भैरा'छ, चिया-मरिच् घोल्छु म ॥
पुष त जाला फासफुस, ठिहिरायो जगतै,
आगो बाली राखे है, माघे तरुल पोल्छु म ॥





Thursday, December 30, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।