Dec 30, 2010

दोषी सपना

मध्यान्ह !!
छर्लङ्ग उज्यालो...
देखिन्छ सायद,
रातै झरे पनि ।

उदायो चन्द्रमा,
पर क्षितिजमा ।
बढ्दै, चढ्दै,
आयो चम्किंदै ।
बस्यो छेवैमा,
हाँस्दै मुसुक्क !

हुइपा मन दङ्गदास,
भुतुक्कै भो चक्षु-कुण्ड !
सुम्सुम्याई सुस्तरी -ले,
जाग-उठ्यो आलोक !
ज्वालै दन्केला जस्तो,
सिरिङ्ग भो मेरुदण्ड !
आनन्दित तुफान,
डग्मगाए जरा-खण्ड !
झरे पात कमजोरहरु,
सिमसिम भिजे सतह !

शितल पवन सिरिरि... !!

ब्युझिएँ झसंगै !!
उफऽऽऽऽऽऽ !!
आज फेरि...... !!!


11PM, Tuesday, December 28, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।