Jan 3, 2011

तीन मुक्तकहरु

१)
हाँस्दा-हाँस्दै रोई दिने जीबन बेकारको,
जोड्दा-जोड्दै टुटी दिने मिलन बेकारको ।
के छ ? भनी सोधे, स्वांग पार्न मुहारमा,
बिना-बित्थै चम्की दिने किरण बेकारको ॥

२)
यतातिर दिमाग उल्टो चलेपछि,
उतातिर बिशाल पुल्ठो जलेपछि !
विध्वंसले साथ दियो, हात मिलायो,
छाती भित्र आरिस ठुटो बलेपछि !!

३)
अफ्टेरो ठाउँमा पिलो,
हिलो भन्दा पनि गिलो ।
सहनु साह्रो गाह्रो भो,
फुट्यो, भयो झन् थांग्थिलो ॥


Monday, January 03, 2011
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।