Dec 30, 2010

स्वदेश गान (सामुहिक रचना)

म मरेको छैन आमा, तिम्रै काखमा निदाएको छु ।
तिम्रो हितको सपना देख्दै, म त शहिद भएको छु ॥

अधिकार खोज्दै यहाँ, भोका नाङ्गा जाग्यो आमा,
परिवर्तन ल्याउनलाई, देशले रगत माग्यो आमा ।
असहाय दु:खीहरूको, पीडा मेट्न उठेको छु,
उन्नतिको सम्भव रोप्दै, म त शहिद भएको छु ॥

एउटा सन्तान गुमाउदैमा, तिम्रो काख रित्तिदैन,
देशको निम्ति मर्नेलाई, ईतिहासले बिर्सिदैन ।
अँध्यारोलाई हटाउने, जुन खोज्न गएको छु,
एकताको माला गाँस्दै, म त शहित भएको छु ॥

शरिर मेरो नभए पनि, आत्मा तिम्रै वरिपरि,
चस्किएर दुखीरहन्छ, देश अझै घरिघरि ।
यहि दर्द मेट्न तिम्रै, आँखाबाट बगेको छु,
भविष्य त्यो सुन्दर देख्दै, म त शहिद भएको छु ॥


Special Thanks to Prabha Acharya, Ashok Parthiv Tamang, Jitendra Malla, Raj Panta, Aastha Dahal & Asha Gurung

Thursday, November 26, 2009
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।