Dec 30, 2010

खेलौना

खुट्टामा आँखा नभएको मानिस तिमी,
जता-ततै अन्जान बनी हिर्काउँदै हिंड्छौ,
बल्ल-बल्ल उठेकालाई लडाउँदै हिंड्छौ ।

हातमा नाक नभएको मानिस तिमी,
कोमल फूल च्यात्दै फ्याक्छौ,
कलिला यौवन चाख्दै न्याक्छौ ।

शरीरमा कबज नभएको कर्ण तिमी,
अनुकूलता विरूद्ध युद्ध त लड्छौ,
तर हार बेहोरी बेइमान मर्छौ ।

कसैले खटाएको खेलौना तिमी,
अन्जान इशारामा पँहाड त चढ्छौ,
तर सामर्थ्य नपुगी गर्ल्याम्म झर्छौ ।

हेर, तिमी जन्म्यौ, हुर्क्यौ, तर निश्क्रिय बाच्यौ,
गर्नलाई हैन गराईनलाई, मर्नलाई हैन मारिनलाई ।

म जस्तो छैनौ तिमी, बहादुर अनि साहासी,
जो आफैमा शान्त छ, कुरा बुझ्छ र बुझाउछ,
अमानवीयता विरूद्ध बोल्छ, अनि बुलन्द आवाज उठाउछ ।


Saturday, December 19, 2009
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।