Dec 30, 2010

दोधार

घोरिएर एक्लै सोचिरहे,
मनलाई विचारले घोचिरहे,
निष्कर्ष भो शून्य हातमा ।

सामुन्नेमा तिमी थियौ,
मुस्कुराउदै राखिदियौ,
प्रेमी फूल मेरो हातमा ।

वाचा-कसम छोडेको थियौ,
उडि जाने बोलेको थियौ,
पूर्णिमाको चञ्चल रातमा ।

घरमा आमा रुन्छिन् अब,
बाबुको सपना टुट्छन् सब,
के लेख्या हो मेरो माथमा ?


Tuesday, December 22, 2009
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।