Dec 30, 2010

मेरो वियोगी राग

मेरो रहर तिमीमा, तिमीले रोज्यौ छल,
हराई गयौ भिँडमा, के पायौ नि फल ?
रहेन यो जिन्दगीमा, आधारिलो पन,
मरि गए आशा जति, दुखी रह्यो मन ॥

लुकी तिम्रो नजरमा, नाँच्थे म सँधै,
सम्झना छ तस्वीर झै, मनमा अझै ।
परेलीको डिलमा बसी, रम्न मैले चाँहे,
संसार ठाने तिमीलाई, शून्यता पो पाँए ॥

बालुवाको पूल भो, मिलन हामी बीचमा,
शीतको सागर छोडेर, गयौ मेरो प्रीतमा ।
आँशु फ्याक्यौ अन्त्यमा, मेरो भागमा,
कसले स्वर देला अब, मेरो रागमा ?


Thursday, December 24, 2009
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।