Dec 30, 2010

नराम्रो मान्छे म

उनी देख्छु, अनयासै सल्बलाउछु,
सायद, गन्तव्य बन्न सक्छु कि !
ङिच्च दन्त, आशा फिजाउछु,
प्रत्युत्तर उस्तै मिल्छ कि !
तर....
उनी र नजर मोडिईदा अन्तै,
खुम्चिएको नाकको अर्थ बुझ्न ।
वैश छातीमा च्याप्प अठ्याई,
बोल्छु मनमा मनै खप्ट्याई ।
साच्चै पो छु कि, नराम्रो मान्छे म !!!

पुन....
ऐना हेर्छु, कोर्छु कपाल, हजार बार,
आँखा छुने सबै-सबै मिलाउछु ।
कहि-कतै भञ्ज्याङ्ग नराखी,
तल-माथि ठिकै जस्तो छु ।
एक विशाल संभावना जाग्छ,
अब चाहि ईतिहास नयाँ रच्छु !!
अफसोच....
नतिजा फेरि भुतकाल सर्छ,
बोलाउछ त्यही कठोर निराशी ।
जसको भ्रम गहिरिएको छ ।
अनि तोड्छु त्यो शिशा दोषी,
बगाईदिन्छु छाँयाको तितो अवशेष,
भविष्यको भुतिय जो बाधक सोची ।
अनि....
उत्सुक घोत्लिन्छु, शान्त्वनाको लागि,
नराम्रो म नभई, मेरो कार्य पो हो कि !!!


Sunday, January 17, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।