Dec 30, 2010

ससुरा बाऽऽऽऽ!!

ससुरा बाऽऽऽऽ!!!
मेरो नाकै फोरिदियौ !
तिम्री कस्ती छोरी दियौ ?
चमक-धमक रहर मेरा,
मलखाडीमा सोहोरिदियौ ॥

काउकुती नि लाग्दैन क्या हो ?!!
हेर्छे खाली, खाउँला जस्तै !
वैश मेरो उम्किने भो,
छेऊ कुनामा बस्दा बस्दै ॥

कहि नभा'की तिम्री छोरी,
मन बिनाकी, काँचो डोरी ।
पुल्पुल्याएर पाल्यौ होला,
अहिले मलाई बाँरुद गोला !!!


Monday, February 01, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।