Dec 30, 2010

लिला जिन्दगीको

ताली र मुहार थरि-थरि,
बोली र विचार परि-परि ।

पहिले रमाईलो बेस्सरी
अहिले तड्पन घरि-घरि ।

खुला आकाश कटौरा थाप्दै,
जप्नु छ कष्टले हरि-हरि ।

बादल हिलो छेप्छ अचेल,
दुखाई छ ठाउँ सरि-सरि ।

फिस्स हाँस्दै धुनु छ पाप,
पर्खाई छ आँखा तरि-तरि ।


Friday, December 03, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।