Dec 30, 2010

मेरो उल्लास

दशैं-तिहार ‍अमिलियो मेरो,
पोहोर झै उल्लास रह्‍यो कहाँ !?
गाउँमा बिते लिम्बु बाजे,
उनको घर-परिवारै शोकमा  !!

गिज्यायो मेरो अन्नले मलाई,
पल्लो गाउँमा प्रकोप-भोकमरी !
विदेशमा छन् अन्तरे दाई,
भाउँजु र नानी रमाउलान् कसरी !?!

ठाँहिली फुपु विधुवा छिन्,
उनको पिँडाको मोल होला र !!
मालती बैनी किशोरी बन्लिन्,
पर सर्ने संस्कारले चोट मर्ला र !!


Tuesday, October 12, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।