Dec 30, 2010

जाग्दैछु म

निभ्दो आँगो,
जति चोईटा थपिए पनि,
निभेको निभ्यै छ ।
अस्थिर भन्दा ओरालोमा,
तुहिदै गरेको,
हाम्रो सर्वोच्चता !

एक अर्कामा,
भरोसाको,
अवस्था नै रहेन ।
जटिल मोड्मा,
अति अल्मलियो,
हाम्रो स्वाधिनता ।

जाग्दैछु म,
एक प्रवल,
उत्साह लिई ।
अनि,
जगाउँने अठोट्,
मेरो वरिपरि ।
ताकि,
बिखण्डनले पनि,
रोजुन् "एकता" !!


Saturday, 21 August 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।