Dec 30, 2010

भण्डार तिमी ज्ञानको

तिमीले.............
सिकाउदा / जगाउदा मात्र हैन,
रुँदा,
कराउदा,
हाँस्दा,
धम्क्याउदा,
मात्र पनि हैन,
चिरिक्क चिमोट्दा,
मयाले प्याट्ट हिर्काउदा,
पनि,
बढ्छ मेरो ज्ञान ॥

तिमीले.............
रुँदा कालो बादल,
कराउदा बर्षात झरी भेल,
हाँस्दा पवन सिरिरि,
धम्क्याउदा आउछ अक्कल,
चिमोट्दा जाग्छ चेतना,
अनि,
हिर्काउदा मिल्छ तालमेल ॥

त्यसैले,
विनम्र अनुरोध,
कृपया चुप नबस,
केहि न केहि गरि राख ल !!


Wednesday, December 08, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।