Dec 30, 2010

दन्ते कथा

साना-शुक्ष्म सोची सब, खोल राम्रा गहन् कुरा,
वरिपरी गर्दै ख्याल, बोल स्वच्छ मन पुरा ॥

बढेको छ अन्याय जो, यत्र-तत्र सर्वत्र नै,
आँधि मनको रोकि-कन, पोल खोट, फ्याँक छुरा ॥


साह्रै सुन्दर थियो हिजो, हराभरा शितल झर्ना,
उजाड् भयो धर्ती आज, मोल संकट् बचाऊ भुरा ॥

खोला पारी बिर्खे दाजै, वारी तिमी मिलीजुली,
सारङ्गीको धुनमा नाच, टोल भित्र कै मुजुरा ॥

डाँडा घरे माईला सम्धी, सम्झी ल्याउछन् दन्ते कथा,
ढिकी जाँतो पानी घट्ट, कोल थैली र खुजुरा ॥


Wednesday, December 15, 2010
हालः दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।