Dec 30, 2010

किल्किले रहित घाँटी

कस्तो किसिमको मनुवा म ?!?
प्रश्न थियो ऐनालाई...
चुँ बोल्या थे'न,,
त्यो भित्ते आवरण !!

निकै समय / अन्तराल पछि......


"गम्भिर हुन् या सरल कुरो,
अड्किदैनन् मुखमा तेरो,
किल्किले रहित घाँटी होस् तँ,
बेरा भत्किएको कटेरो ॥"
...तितो आवाज...
गुञ्जियो मेरो कर्णमा,
त्यै... झण्डै तोडिएको,
परावर्तनिय तत्वको ।

सोच मग्न... नै बनायो !!

---0---


Monday, December 20, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।