Dec 30, 2010

परदेश र म

घर फर्कि, आउँन सकिन,
बच्चो खुसी, ल्याउँन सकिन ।

सुख देख्ने, परदेशी आशा,
झिनो न्यानो, पाउँन सकिन ।

धरती अर्को, स्पर्श नै झर्को,
मन माया, लाउँन सकिन ।

बर्षौ भयो, मन-डाली भरी,
खर-छानो, छाउँन सकिन ।


Monday, March 08, 2010
@ दोहा, कतार
(पहिलो गजल)

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।