Feb 4, 2010

पर्खाईमा

तिम्रै आहट भेट्न सधै, नजरलाई दास बनाई,
तिर्सना यो मेट्न सधै, रहरलाई खास बनाई ।
म त थिए दोबाटोमा, तिम्रै नाममा रक्सिएको,
सम्झनामा घुम्थ्यौ, तिमी, जवानीमा मस्किएको ॥

पर्खाईमा ईच्छाहरू, मनमा नै घुर्नु (फर्किनु) पर्दा,
बगी जाने पानीलाई, उकालीमा कुर्नु पर्दा !
म त थिए दोबाटोमा, तिम्रै नाममा रक्सिएको,
सम्झनामा घुम्थ्यौ, तिमी, जवानीमा मस्किएको ॥

दिलै भए पो तिमीसँग, हृदय यो सुन्थ्यौ होला !
माया-मोही मै परेछु, कसोरी पो बुझ्थ्यौ होला ?
म त थिए दोबाटोमा, तिम्रै नाममा रक्सिएको,
सम्झनामा घुम्थ्यौ, तिमी, जवानीमा मस्किएको ॥


Thursday, February 04, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।