मैले चोरे रे उनको दिल सुटुक्कै,
तर मलाई त केहि नि थाहा छैन ।।
मलाई देख्दा उनलाई के-के हुन्छ रे,
खै मलाई त केहि नि भा छैन ।।
कता-कता हराउछिन रे,
झण्डै होसै गुमाउछिन रे,
सपनीमा, बिपनीमा,
मेरै मात्र नाम जप्छिन रे ॥
मैले कुरो बुझिन रे,
बुझ्न पनि खोजिन रे,
के भको-भको उनलाई,
ठम्याउनै सकिन मैले,
मलाई त अचाक्ली,
तुफानै हाँसो लाग्छ,
तर मेरो खित्कालाई,
पछार्नै सकिन मैले ॥
Tuesday, July 21, 2009
तुफान शान्त (जीबन श्रेष्ठ)
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।