मलाई यो कुरा जाहेर गर्न दु:ख लाग्छ
कि यो संसार
विश्वासमा नभएर
आफ्नै गतिमा चलेको छ
यो संसारलाई चलाउन सक्ने,
प्रकृति मात्र हो,
न कि तपाई उहाँ र म
हामी त प्रकृतिको एक झिल्का मात्र हौँ
जो कुनै पनि बेला झ्याप्प निभ्न सक्छ
र
यस दौरानमा
विश्वास कहीँ लुकेको
जस्तो मलाई लाग्दैन,
विश्वास हामीले,
आफैँलाई त,
गर्न सकेको छैनौ भने,
कसरी चल्छ ??
यो संसार विश्वासको भरमा !!
Saturday, August 15, 2009
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।