Feb 9, 2011

कविता – “ख्यार-ख्यार”

अस्त-व्यस्त जिन्दगानी
झुण्ड्याईयो लिन्ठिंगै
तेर्सिएको चोसे भित्तोमा
बेटरी गलेर ख्यार-ख्यार गर्ने
लखतरान रेडियो जस्तै...

भरिलो थियो निर्माण ताका
ऐले बन्यो खोक्रो खबटा
ईन्धन रहुन्जेल त
दोब्रिएथ्यो बेसरी
हल्लाह बिच सल्लाह जस्तै...

धेरै अन्तराल पछि...
रनभुल्ल छरपष्ट भाकाहरु
ओल्टाई-पल्टाई घुमाई भा'छ
जस्तापाता र खोल्सा गन्दै
कुनै जरा नजाती भए, चुटाउदै
उम्दा बेर्ना भेटिए कतै, जगाउदै...

दरिला आशा निरन्तर
हुर्कदै फैलिईरहे खोपडीमा
नाकले वायु फुकुन्जेल त
कायमै रहन्छ यो
भरोसा अधिकतम्
घामसँग छाया जस्तै...


तुफान शान्त (जीबन श्रेष्ठ)
Saturday, January 15, 2011
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।