Feb 9, 2011

गजल – “साथी”

निश्चित टुंगो हर शंकाको लाग्नै पर्छ साथी,
निदाए अरु म र तिमी जाग्नै पर्छ साथी ॥

हुन सक्ला खिचातानी आवरण शान माथि,
बन्धन् आफ्ना सम्हालेर बाध्नै पर्छ साथी ॥

रहे बाँस बज्ला धुन जितौँ बेला छँदै,
बन्दुक बोली निशानामा ताक्नै पर्छ साथी ॥

बटुली झिँजा भिर-पाखा कुना-कन्दरामा
सल्काई आगो मिलिजुली ताप्नै पर्छ साथी ॥

यत्र तत्र डामाडोल छन् जोखिम धेरै-धेरै,
बन्दै सचेत सर्वत्र नाघ्नै पर्छ साथी ।


तुफान शान्त (जीबन श्रेष्ठ)
Wednesday, January 06, 2011

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।