Jan 26, 2011

दुई मुक्तकहरु

१)
बोलाउदा नि बोल्दिनौ ज्यान-माया !
हँसाउदा नि हाँस्दिनौ ज्यान-माया !
माया अन्तै आट्यौ कि जस्तो लाग्यो,
साउती पनि मार्दिनौ ज्यान-माया !

२)
बुझेर नि बुझ नपचाऊ न साईली,
कलिला हाँगा नहल्लाऊ न साईली ।
मौसम यो बाउँठो भएर पो आजकल,
जाडो छ टाटी नभत्काऊ न साईली ॥


Wednesday, January 05, 2011
@ दोहा, कतार

1 comment:

  1. वाऽऽ तुफान जी तुफानै आए छ मुक्तकमा । सर्जकको सिर्जना जहिले नि यस्तै कसिला र रसिला हुँने भएकै कारण पाठकहरु झुम्मिने गर्छन् । म यहाँको लेखन शैलीबाट धेरै नै प्रभावित भएको छु । सिर्जना निरन्तर गरिरहनु होला । पाठकहरु प्रतिक्षामा बसेका छन् ।
    ***धन्यबाद ।***

    ReplyDelete

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।