मरे र म देश बाचोस्, भन्नेहरु सुन, धरती नै
टुट्न ला'छ, सोच केहि गुण ।
कसको लागि अंश यहाँ, के को लागि सिमा ?
देखिदैछ, अध्यारो छन्, भोलिका ती दिन !!
काला उठ, गोरा उठ, छुदै सगरमाथा,
मान्छे बिच नाता जोड, गाउँदै हित गाथा ।
बन-जंगल जोगाई राख, प्रकृतिको देन,
जिव जन्तु, पंछीहरु, संगितको धुन ॥
साहसले काम गर, हिम्मत नहार,
जाग-जुट, शक्ति बन, शिशिर बहार ।
छर उन्नत बिजहरु, उब्जाऊ बिशेष,
मरे पछि माटो सबै, बाकी अवषेश ॥
Tuesday, November 09, 2010
तुफान शान्त (जीबन श्रेष्ठ)
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।