थाहा पाएनौ कि कसो ? भाउँ बढाई दे'को !!
चुरी-फुरी निकै देखी, ठाउँ बढाई दे'को !!
तिम्रो धेर कि मेरो भन्दै माया जोख्दै गर्दा,
तिम्रै खुसी बढोस् भनी, पाउ बढाई दे'को !!
(शीर तिम्रो परोस् भनी, पाउ बढाई दे'को !!)छक्क पार्न खोजेको थे, नाच्यौ मख्ख परेर
ठ्याम्मै बुझेनौ कि कसो ? घाउ बढाई दे'को !!
(रमोस् तिम्रो जीबन सोची, नाउँ बढाई दे'को !!) Alter
नाफा, घाटा, ब्याज, हेरी, हिसाब राख्दै जादा,
तमशुकमा किर्ते गरी, साउँ बढाई दे'को !!
सुख कम्ती सधै यहाँ, दुःख हुन्छन् ठुला,
तिमी रोज पैले भनी, दाउ बढाई दे'को !!
नोट:- दोश्रो र चौथो शेर साथी/बहिनी सुमन मञ्जरीको सहयोगमा तयार गरेको हुँ । धन्यवाद सुमन !!
Thursday, December 09, 2010
@ दोहा कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।