Dec 30, 2010

प्रेमिल कल्पना

छड्के हेराई संग तिमी डरायौ कि जस्तो लाग्यो,
तेसैले पो मलाई मन परायौ कि जस्तो लाग्यो !!

रोम-रोम हलचल हुन्जेल जिस्किर'ने बानी यता,
मेरो आँत भरी नै पो सरायौ कि जस्तो लाग्यो ॥


खाली सफा जिन्दगी यो खुला विशाल आकाश सरी,
तिम्रा मिठा चाहनाले भरायौ कि जस्तो लाग्यो ॥

वैशालु त्यो जवानीको पिँडा मिठो हो कि सायद,
आनन्दले आफै भित्रै करायौ कि जस्तो लाग्यो ॥

हिजै जस्तो लाग्छ 'जीबन' गोठालोमै रमाएको,
कहानीमै अंगालोमा हरायौ कि जस्तो लाग्यो ॥


Tuesday, December 21, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।