नाता तोड्दै, भए पराई ।
बाटो मोड्दै, गए हराई ॥
ले'को दे'को, सबै बिर्सेर,
आगो ठोस्दै, दिए जलाई॥
अभिशाप नै, भो साथ क्यारे,
सबै हिंडे, बसाइँ-सराई ॥
हराभरा, ती पाखा-बारी,
चौपायाँका, भुँडी भराई ॥
गुम्यो शान्ति, जल्दो छ घाउ,
बाकी अब, भो चहराई ॥
December 05, 2010
@ दोहा, कतारनोटः- तेश्रो शेर जितेन्द्र मल्ल (मिता) र चौथो शेर सबिन सिंहबाट साभार !!
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।