"पख्ऽऽऽऽ !!! म बालाई भनि दिन्छु,
त साले छिल्लिएको "ब" लाई लक्कानो "का" !!"
हँसिया उज्याउदै, डरसँग रिस मिसाउँदै कान्छी कराई ।
घाँस काट्नु जादाँ, काउकुती लगाईदिँदा, मनले मलाई अह्राउदा ।
कान्छीको कुरोले भंगालो मनमा,
उसका बाले खैरियत झाट्ने पीर ।
आकाशबाट बज्र प्रहार हुने आभाष,
तनाव-पूर्ण, बिलकुल अज्ञात डर ॥
किशोर जमाना, म मोरो साह्रै चकचके,
खै के ले हो कुन्नि कुर्कुरिएको, के-के न भए जस्तो !
"तलाई कुखुरे वैंश आएको" काका दोहोर्याईरहन्थे !
म अलमल, "वैंश?" प्रश्न मेरो, "चुप!!" जवाफ काकाको !!
सोँच्थे, ममा मात्रै हो कि ! अरुमा पनि थ्यो कायम !!
मेरो बाजे, बाबु, काका, कसैले नबाडेको त्यो अज्ञान !
म जस्तो अलमल अनि अचेतमा नपरुन् मेरा सन्तान,
जागरुक छ, "एक शिक्षक बाबु" बन्ने मेरो नैतिक "प्रण" !!
Wednesday, February 24, 2010
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।